Logo
७ बैशाख २०८१, शुक्रबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाइले चिसो कट्टु लगाउँदै हुनुन्छ? सावधान् ! हुन्छन् यस्ता समस्या

हाम्रो समाजमा अझै पनि भित्री बस्त्रलाई धोएर कसैले नदेखने ठाउँमा सुकारउने अथवा अरु कपडाले छोपेर सुकाउने चलन रहेको छ ।

तर त्यो बैज्ञानिक हिसावले हेर्दा एकदमै गलत ठहरिन्छ । महिलाहरू आफ्ना भित्री वस्त्रलाई लिएर निकै संवेदनशील पनि हुने गर्छन् भने कतिपय महिलाले लाजका कारण पनि भित्री कट्टु धोएर घाम लाग्ने खुल्ला ठाउँमा सुकाउन हच्किन्छन् ।

कट्टुलाई प्रत्यक्ष घाममा नसुकाई लगाउँदा भने विभिन्न शारीरिक समस्या निम्तिने जोखिम बढी हुने अध्ययनले देखाएको छ । हिउँद याममा त यो समस्या झनै बढी देखिने गर्छ ।

भित्री लुगाको सरसफाइमा ध्यान नदिनाले पिसाबसम्बन्धी संक्रमण (युरिनरी ट्रयाक इन्फेक्सन) को जोखिम समेत रहन्छ । ब्याक्टेरियाबाट फैलिने यो रोगबाट जोगिन भित्री वस्त्रलाई राम्ररी धोएर घाममा सुकाउनुपर्छ ।

नत्र यसै कारण महिलालाई योनिमा हुने संक्रमणबाट पाठेघरको कुनै पनि रोग लाग्न सक्छ । धेरै पटक त यस्ता संक्रमण सन्तान उत्पादन क्षमतालाई समेत प्रभावित गर्न सक्छ ।

राम्ररी घाममा नसुकाइएको भित्री लुगाले दाद आउने, चिलाउने आदि समस्यासमेत देखिन सक्छ ।लुगाफाटोमा लवण रहेकै अवस्थामा उपयोग गर्दा छालाको संक्रमणसमेत देखिने सम्भावना धेरै हुन्छ ।

यौनांग छेउछाउको छाला धेरै कमलो हुने भएकाले त्यहाँ छालाको संक्रमण अन्य ठाउँको दाँजोमा छिटो हुन्छ । यसैले छालाको संक्रमणको मुख्य कारणमध्ये एउटा सरसफाइको कमीलाई समेत मानिएको छ ।

यतिसम्म कि भित्री वस्त्रले मृगौलाको रोगसम्म निम्त्याउँछ । ब्याक्टेरियाद्वारा उत्पन्न संक्रमणले मृगौलाको पत्थरी पनि हुन सक्छ ।एजेन्सी

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्