Logo
११ जेष्ठ २०८१, शुक्रबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एक सूत्रमा बाध्छन् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एक सूत्रमा बाध्ने आएको बताएका छन् ।

प्रधानमन्त्रीले श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्त्वको गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचाराका लागि शुभकामना व्यक्त गरेका छन् ।

‘श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने सबैमा शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्