Logo
३ असार २०८१, आईतबार
(May 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले चितवनको ११औं जिल्ला अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने

११, जेठ, चितवन । जेठ १२ गतेदेखि १४ गतेसम्म हुने नेकपा (एमाले)चितवनको ११औं जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले जनाएको छ । ७६१ प्रतिनिधि सहभागी हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ ।

भरतपुर महानगरपालिका -४ को ग्यालेक्सी रिसोर्टमा हुने उद्घाटन समारोहमा एमालेका केन्द्रीय नेताहरुको सहभागिता रहने एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले जानकारी दिए । अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिव सहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । त्यसमा १० प्रतिशत पछि मनोनित गर्न सकिने व्यवस्था छ । अधिवेशनमा जिल्लाका ७ पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी हुनेछन् ।

एमाले चितवनका अध्यक्ष न्यौपानेले नयाँ नेतृत्व चयनमा अधिकत्तम सहमतिको प्रयास गरिने र सहमति हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेर जाने बताए । अध्यक्षका लागि वर्तमान अध्यक्ष न्यौपाने, उपाध्यक्ष कमलराज पाठक लगायतले इच्छा जाहेर गरेका छन् ।

अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समितिसहित विभिन्न उपसमिति बनाइएको छ । अधिवेशनको अवसरमा १२ गते बिहान अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएका छन् ।

 

प्रकाशित मिति: May 24, 2024

प्रतिक्रिया दिनुहोस्