Logo
१ असार २०८१, शुक्रबार
(May 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यदलको बैठक सिंहदरबारमा सुरु

१० जेठ, काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनाइएको कार्यदलको बैठक सुरु भएको छ ।

बिहीबार अपराह्न कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको हो ।

आजको बैठकमा समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउने सहमतिको प्रयास हुने बताइएको छ ।

कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् । आजको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका छन् ।

प्रकाशित मिति: May 23, 2024

प्रतिक्रिया दिनुहोस्