Logo
५ जेष्ठ २०८१, शनिबार
(August 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको बुस्टर डोज खोप लगाउन हतार नगर्न धनी राष्ट्रहरुलाई डब्ल्युएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (ब्ल्युएचओ) ले कोरोना बिरुद्धको बुस्टर डोज लगाउन हतार नगर्न धनी राष्ट्रहरुलाई आग्रह गरेको छ ।

डब्ल्युएचओका प्रमुख डा. टेड्रोस एडोनोम गेब्रिएससले कोरोना बिरुद्धको दोश्रो डोज अभियान सम्पन्न भएका राष्ट्रहरुले बुस्टर अभियानलाई दुइ महिनाका लागि थाँती राखी भ्याक्सिन नपुगेका राष्ट्रहरुलाई भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका हुन् ।

उनले अमेरिका, इजरायल, बेलायत, र हंगेरीले बुस्टर डोज अभियानको घोषणा गरेकै बेला ती राष्ट्रहरुलाई त्यसो नगर्न आग्रह गरे ।

हंगेरीको बुढापेष्टमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले कोरोनाको तेश्रो भेरिएन्ट फैलने क्रममा रहेको बेला महामारी नियन्त्रणका लागि बुस्टर अभियान रोक्न अपिल गरेका हुन् ।

धनी राष्ट्रहरुले शत प्रतिशत खोप अभियान सम्पन्न गरेको भन्दै उनले गरीब राष्ट्रहरुमा भने ३० प्रतिशत जनताले पनि खोप लगाउन नपाएको उल्लेख गरे ।

यसअघि उनले मौसम परिवर्तनसँगै कोरोना भाइरस परिवर्तन नहुने भन्दै उनले विश्वका जनताले कोरोनासँग जुध्ने बाहेक कुनै उपाय नभएको बताएका थिए ।

प्रकाशित मिति: Aug 24, 2021

प्रतिक्रिया दिनुहोस्