Logo
२२ बैशाख २०८१, शनिबार
(August 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोनबाटै नेपालले केन्द्रीय सदस्यहरूलाई भने-‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’

नेकपा एमाले विभाजनको प्रक्रिया आजैबाट सुरु हुने सङ्केत देखिएको छ ।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरे लगत्तै छुट्टै दल दर्ता गर्ने तयारी भइरहेको नेपालनिकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनेका छन् ।

नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत सङ्कलन गरिसकेको स्रोतका भनाइ छ ।आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको छ ।

राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण भएपछि नेपाल पक्ष आजै निर्वाचन आयोग जाने स्रोतले बताएको छ ।

 

प्रकाशित मिति: Aug 17, 2021

प्रतिक्रिया दिनुहोस्