Logo
२२ बैशाख २०८१, शनिबार
(August 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दल सम्वन्धी अध्यादेश ल्याएर एमाले फुटाउने षडयन्त्र क्षम्य नहुने : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याउन लागेको राजनीतिक दल सम्बन्धी अध्यादेशबारे आक्रोश पोख्दै एमाले फुटाउने षडयन्त्र क्षम्य नहुने बताएका छन् ।

ओलीले सोमबार राति वक्तव्य जारी एक चौथाइ सदस्य भएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल सम्बन्धी अध्यादेशको मस्यौदा तयार गरे लगत्तै आक्रोश पोख्दै एमाले फुटाउने षडयन्त्र क्षम्य नहुने बताएका हुन् ।

आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेशको मस्यौदा तयार पारेको थियो । उक्त मस्यौदामा पार्टी विभाजन गर्नका लागि एक चौथाइ अर्थात् २५ प्रतिशत सदस्य सङ्ख्या भएमा पार्टी फुटाउन सकिने व्यवस्था रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

अध्यक्ष ओलीले अध्यादेश ल्याउन लागेको थाहापाएपछि सोमबार राति पाँच बुँदे विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘एमाले विभाजन गरेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने षडयन्त्र भइरहेको छ ।’

उनले भनेका छन्,‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको छ’।

उनले एमाले र संसदीय दलमा विभाजन ल्याउने षड्यन्त्र मान्य नहुने पनि बताएका छन्। ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुने छैन’ उनले भनेका छन्, ‘तसर्थ पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरुविरुद्ध दृढताका साथ उभिन अपिल गर्छु।’

सरकारले उक्त अध्यादेश ल्याउन लागेको थाहा पाएपछि एमालेभित्र तरङ्ग पैदा भएको छ भने नेपाल पक्ष पार्टी फुटाएर सरकारमा सहभागी हुने पक्षमा छ ।

नेता नेपालले भने सरकारमा सहभागी हुन सहमति जनाइसकेका छन् । सत्ता गठबन्धनले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएको छ ।

प्रकाशित मिति: Aug 17, 2021

प्रतिक्रिया दिनुहोस्