Logo
२२ बैशाख २०८१, शनिबार
(August 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

अधिवेशन सोमबार मध्यराति १२ बजेपछि लागू हुने गरी अन्त्य गर्ने सिफारिस गरिएको उनले बताए ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो ।

फैसलामा पाँच दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन भनिएको थियो ।भदौ ३ गतेदेखि पुनः सुरु भएको प्रतिनिधिसभा बैठक औपचारिकतामा मात्र सीमित भएको छ ।

शून्य र विशेष समयमा सांसद्हरुले बोल्ने बाहेक प्रतिनिधिसभाबाट कानुननिर्माण सम्बन्धी गतिविधिले तीव्रताका साथ प्राथमिकता पाएको छैन ।

प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् ।

सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति: Aug 16, 2021

प्रतिक्रिया दिनुहोस्