Logo
६ जेष्ठ २०८१, आईतबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी बर्षा हुने

आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने छ । काठमाडौं उपत्यकामा पनि आज सामान्य बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ ।

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्