Logo
२५ बैशाख २०८१, मंगलबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले भने : ‘ओलीले मलाई जति नै गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु’

नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि पार्टी एकताका लागि आफ्नो प्रयत्न जारी रहेको बताएका छन् ।

आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने नेपाललेबताए ।

नेपालले भने ‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ,’ ।

पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने भन्दै नेपालले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।नेताहरुले केपी ओलीले हामीले अलमल्याउन खोजेको त होइन भन्ने आशंका व्यक्त गरेको भन्दै नेपालले भने, ‘म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु ।’

 

 

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्