Logo
२५ बैशाख २०८१, मंगलबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयसिंह धामी बेपत्ता प्रकरण : छानबिन टोली हेलिकप्टर चढेर मालघाट पुग्यो

दार्चलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ ।

गृह मन्त्रालयले दार्चुला घटनाबारे सत्य तथ्य पत्ता लगाउन भन्दै गठन गरेको छानबिन टोली बिहीबार पैदल हिँडेर घटनास्थल मालघाट गएको थियो ।

भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा नेपालतर्फका स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका स्थानीयहरुले नेपालतर्फ पनि आएर छानबिन गर्नुपर्ने माग गरेका थिए ।

घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन न टोली गठन गरेको छ ।

छानबिन टोलीलाई सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्