Logo
७ बैशाख २०८१, शुक्रबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमा बनिन् अभिनेत्री गरिमा पन्त !

अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन्। सामाजिक सञ्जालमा छोरीको तस्बिर राख्दै उनले आफू आमा बनेको जानकारी गराएकी हुन्।

गरिमाले इन्स्टामा छोरी र श्रीमान् सँगको तस्बिर राख्दै ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौँ । गरिमाले छोरीको नाम ‘प्रिषा’ जुराएको पनि उल्लेख गरेकी छन्।छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत छ’भनेर खुसी व्यक्त गरेकी छिन् ।

नेपाली फिल्ममा अभिनय गर्दागर्दै बेल्जियम पुगेकी गरिमाले हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन्।उनी ५ बर्ष अगाडि बेल्जियममा बस्दैआएकी छन् ।  गरिमाले यादव भट्टराई निर्देशित फिलम ‘झोला’मा गरेको अभिनयबाट राष्ट्रिय अवार्ड समेत हात पारेकी थिइन।

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्