Logo
२५ बैशाख २०८१, मंगलबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिवले जानकारी दिएका छन् ।

आजको बैठकमा मन्त्री छनोटका विषयमा केन्द्रित हुने चर्चा थियो । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री  देउवाले मन्त्रीपरिषद् विस्तारमा थप १९ मन्त्रीको नियुक्ति गर्नु पर्ने छ । तर एमालेको माधव नेपालको निर्णय र काँग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको देखिन्छ ।

माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । आकांक्षी धेरै देखिएपछि माओवादीमा मन्त्री छनोट सकसपूर्ण बनेको छ ।

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्