Logo
१८ बैशाख २०८१, मंगलबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाई स्थगित

पूर्व माओवादी केन्द्रका चार नेताले सांसद पदमा पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ ।

पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी सर्वोच्चमा रिट दायर गरेका छन् ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उनीहरुको रिटको पेसी तोकिएको थियो । तर, रिट निवेदकतर्फका कानुन व्यावसायीहरुले सुनुवाइ स्थगित गर्न आग्रह गरेपछि शुक्रबारलाई सुनुवाई स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।

 

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्