Logo
१८ बैशाख २०८१, मंगलबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाद सुल्झाएर कालीगण्डकी-तिनाउ डाइभर्सन अघि बढाउनु पर्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले विवाद सुल्झाएर कालीगण्डकी-तिनाउ डाइभर्सन अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार पदभार ग्रहण गर्दै शेरचनले  विवाद सुल्झाएर कालीगण्डकी-तिनाउ डाइभर्सन अघि बढाउनुपर्ने बताएका हुन् । उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाए ।

‘गण्डकी प्रदेश प्रमुख हुँदा पनि मैले यही सुझाव दिएको हुँ,’ उनले भने, ‘डाइभर्सन गरेको पानी जहाँ गए पनि नेपालीले प्रतिफल पाउने हो ।’

सर्वोच्च अदालतले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।शेरचनले संविधानभन्दा माथि कोही नभएकोमा जोड दिंदै आफूले संविधानले निर्दिष्ट गरे अनुसार निर्णय गर्ने बताए ।

प्रदेश सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने उनको भनाइ छ ।

लुम्बिनी प्रदेशमा प्राकृतिक स्रोत साधन पर्याप्त भएको उल्लेख गर्दै तिनको सदुपयोग गरी प्रदेशको विकास गर्नुपर्नेमा शेरचनले जोड दिए ।

प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्नुअघि उनलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित थिएनन् ।गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्