Logo
१८ बैशाख २०८१, मंगलबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व माओवादीका नेताको सांसद पदमा पुनर्बहालीको मुद्दामाथि आज सुनुवाइ

पूर्व माओवादी केन्द्रका चार नेताले सांसद पदमा पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ हुँदै छ।

यस अघि बिहीबार रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको भए पनि ‘हेर्न नभ्याइएको’ ले आजको लागि पेशी तोकिएको हो।

चारै नेताको मुद्दा न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको छ। माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए। चारै नेताले सांसद पदमा पुनर्बहालीको माग गरेका छन्।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन्।​

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो।

माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरे पनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन्।

 

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्