Logo
१८ बैशाख २०८१, मंगलबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमण बढ्न थालेपछि आज सीसीएमसीको बैठक बस्दै

नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बैठक बस्दै छ ।

सिंहदरबारमा सीसीएमसीको बैठक शुक्रबार (आज)अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ ।

विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाणले पनि जानकारी गराएका थिए ।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्