Logo
१८ बैशाख २०८१, मंगलबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमाओवादी नेताको सांसद पदमा पुनर्वहाली मागको मुद्दा दीपककुमार कार्कीको इजलासमा

माओवादीले सांसदबाट पदमुक्त गरेका ४ नेताले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

सांसद पदमा पुनर्वहालीको माग गर्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । आफूहरु एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको भन्दै बुधबार पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी तथा दधिराम न्यौपाने लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आफूहरु औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको तर माओवादी केन्द्रले पार्टी परित्याग गरेको भन्दै कारवाही गरेकाले उक्त निर्णय बदर गर्न, सांसद पदबाट हटाउने संघीय संसद सचिवालयको निर्णय बदर गर्न र सांसदकै रुपमा कामकाज गर्न दिन माग गर्दै उनीहरुले रिट दर्ता गराएका थिए ।

बिहीबारका लागि पेसीमा चढेको उक्त रिट वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । उक्त रिटमाथि बिहीबार सुनुवाई भई अन्तरिम आदेश दिने वा नदिने निर्णय हुनेछ ।

 

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्