Logo
१८ बैशाख २०८१, मंगलबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४औं महाधिवेशनको विषयमा छलफल गर्न आज पनि कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज पनि बुढानीलकण्ठमा बस्दैछ ।

बैठक आज दिउँसो २ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा बोलाएका हुन् । बैठकमा आगामी १४औं महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि हिजो बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।

आजको बैठकमा सोही विषयमा थप छलफल हुने छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन पूर्व निर्धारित भदौ १६ को मिति भने प्रभावित हुने भएको छ ।

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्