Logo
२६ बैशाख २०८१, बुधबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने सत्तारुढ गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनको बुधवार बसेको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतको सत्तारुढ गठबन्धनको बैठकले राजनीतिकरुपमा गरिएका नियुक्ति कानुनीरुपमा परिपक्व बनाएर मुद्दा नलाग्ने गरी खारेज गर्ने निर्णय गरेको हो ।

बैठकले नयाँ सरकारले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने र राजनीतिक नियुक्तिहरुको टुङ्गो लगाउने निष्कर्ष निकाले छ ।

बैठकमा नेपाली कांग्रेसकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र एमाले माधव कुमार नेपाल समूहबाट डा। विजय पौडेल सहभागी थिए।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गठबन्धनको बैठकमा सहभागी भए पनि सरकारमा सहभागी नहुने बताएका छन् । यस्तै नेकपा एमालेको माधव नेपाल पक्षका सहभागी डा. विजय पौडेलले पनि आफूहरू सरकारमा सहभागी नहुने जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jul 28, 2021

प्रतिक्रिया दिनुहोस्