Logo
२६ बैशाख २०८१, बुधबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का प्रमुख राजेश अहिराजसहित तीन प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजसहित तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारले निर्णय गरेको छ ।

सरकारले तीन प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

अहिले प्रदेश २ मा राजेश अहिराज, गण्डकीमा सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुखमा छन्। उनीहरु क्रमशः २०७७ फागुन ७, २०७८ वैशाख २० र २०७६ कात्तिक १८ गते नियुक्त भएका थिए।

दुई साताअघि नयाँ सरकार गठन भएपछि सरकारले प्रदेश प्रमुख हेरफेर गर्ने प्रयास गरेको हो।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्