Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको सिको गर्दै सोमबार बागमतीमा यसरी घोप्ट्याइयो दूध !

भारतको उत्तर प्रदेशमा हिन्दूवादीहरूले नदीमा दूध चढाएको सिको गर्दै पशुपतिस्थित बागमती नदीमा पनि हिन्दूवादीहरूले दूध चढाएका छन् ।
​भारतमा दूध पोखेको दृश्यप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचना गरेपछि नेपालका हिन्दूवादीले डा भट्टराईको विरोध स्वरुप भारतको सिको गर्दै सोमबार बागमतीमा दूध घोप्ट्याएका हुन् ।

मानिसले उपभोग गर्ने दूध यसरी नष्ट गर्न नहुने भन्दै डा। भट्टराईले टिप्पणी गरेपछि हिन्दूवादीहरू आक्रोशित बनेका हुन् । यो विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

उनीहरूले बागमती नदीमा ट्यामीबाटै दूध पोखेर भट्टराईप्रति विरोध जनाएका छन् ।

प्रकाशित मिति: Jul 26, 2021

प्रतिक्रिया दिनुहोस्