Logo
७ जेष्ठ २०८१, सोमबार
(July 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरालियोनमा मृत्युदण्डको व्यवस्था हट्यो, राष्ट्र सघंद्वारा प्रशंसा

पश्चिम अफ्रिकी मुलुक सिरालियोनमा मृत्युदण्डको व्यवस्था हटेको छ । शुक्रवार सिरालियोनको संसद्ले देशमा रहेको मृत्युदण्डको व्यवस्था सर्वसम्मतरुपमा हटाएको द गार्डियनले जनाएको छ ।

अब अफ्रिका महादेशमा मृत्युदण्डको सजाय नहुने मुलुकको सङ्ख्या २३ पुगेको छ ।संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पनि सिरालियोनको संसद्को यो कदमका प्रशंसा गरेका छन् ।

उनले भनेका छन्,‘‘मृत्युदण्ड हटाउने विषयमा सिरालियोनको संसद्ले एकमतले गरेको निर्णयको म प्रशंसा गर्दछु। २१ औँ शताब्दीमा मृत्युदण्डलाई कहीँ पनि ठाउँ छैन ।’

यसअघि सन् १९९१ मा बनेको सिरालियोनको संविधानमा हत्या, लुटपाट र सैनिक विद्रोह र राज्य द्रोहको मुद्दामा मृत्युदण्ड दिन सकिने व्यवस्था थियो।

प्रकाशित मिति: Jul 25, 2021

प्रतिक्रिया दिनुहोस्