Logo
६ जेष्ठ २०८१, आईतबार
(July 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा हिंसा रोक्न ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु

हिंसा रोक्न अफगानिस्तानका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु लगाइएको छ । तालीवान् आक्रमण नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातिको समयमा कर्फ्यु आदेश जारी गरिएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

तालिबान समूहले मे महिनाको सुरुदेखि नै अफगानिस्तानको मुख्य सीमा नाका पार गर्ने दर्जनौँ जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ।

अफगानिस्तानको आन्तरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु लागू गरिएको छ ।’

स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका कर्फ्यु लगाइएको आन्तरिक मन्त्रालयले जनाएको छ । अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाएपछि तालिबानले अफगानिस्तानका झण्डै ४०० जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको दाबी छ ।

अमेरिकी सेना फिर्ता तयारीसँगै तालीवान् समूहले देशभर आफ्ना हिंसात्मक गतिविधि बढाएको छ ।

प्रकाशित मिति: Jul 25, 2021

प्रतिक्रिया दिनुहोस्