Logo
१७ बैशाख २०८१, सोमबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिनोफार्म खोप ल्याउन निगमको जहाज आज बेइजिङ जाँदै, १० लाख डोज ल्याउने

कोरोना विरुद्धको सिनोफार्म खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज बेइजिङ जादैँ छ । न्यूनतम १० लाख डोज कोरोना विरुद्धको सिनोफार्म खोप ल्याउन आज राती निगमको जहाज बेइजिङ प्रस्थान गर्ने छ ।

कार्यतालिका अनुसार भोलि बिहान ६ बजे खोप ल्याएर काठमाडौं आइपुग्ने छ । सो जहाज थप १० लाख डोज खोप ल्याउन पुनः भोलि बेइजिङ जाने छ ।

यस्तै बाँकी खोप ल्याउन शनिवार पुनः निगमको जहाज बेइजिङ प्रस्थान गर्ने कार्यतालिका छ ।चीनबाट तीन खेपमा ३२ लाख डोज खोप ल्याउने सरकारको योजना छ ।

नेपालले नन-डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ ।

अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्