Logo
१७ बैशाख २०८१, सोमबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए ।शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् ।

सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को-को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलसमेत गरेका थिए ।

 

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्