Logo
१७ बैशाख २०८१, सोमबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई भोट दिने नेपालसहित एमालेका २२ सांसद छलफलमा

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् ।

नेता नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदसँग अहिले नयाँ बानेश्वरस्थित एक होटेलमा छलफल गरिरहेको सांसद मेटमणि चौधरीले बताए । नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

लगत्तै सोमबारको एमाले केन्द्रीय कमिटी बैठकले ती सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय लिएको थियो । तर, मंगलबार दिउँसोसम्म सांसदहरुले स्पष्टीकरण पत्र नपाएको बताएका छन् ।

संस्थापनपक्षले पत्र काटे त्यसको जवाफ दिने वा नदिने र दिए के राख्ने भन्ने विषयमा सामूहिक धारणा बनाउन नेपालले आफूसहित २२ सांसदको भेला राखेका हुन् ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्