Logo
७ जेष्ठ २०८१, सोमबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु

केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा परेर कयौं घाइते भएको बताइएको छ । नैरोवीको उत्तरपश्चम क्षेत्रमा तेल बोकेको ट्यांकर ट्रकसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

दुर्घटना भएलगत्तै जम्मा भएका सर्वसाधारण सो विस्फोटमा परेर मृत्यु भएको समाचारमा जनाइएको छ । घाइतेहरुको उपचार भइरहेको छ ।

यसअघि सन् २००९ मा पनि केन्यामा तेल ट्यांकर दुर्घटनामा परेर १२० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्