Logo
२५ बैशाख २०८१, मंगलबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले पूर्व तयारीमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना माहामारीको तेस्रो लहरको जोखिम बढेकाले पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ट विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई बालुवाटारमा बोलाएर कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न समेत निर्देशन दिए ।

त्यस्तै प्रधानमन्त्री देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहजरूपमा खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्