Logo
७ जेष्ठ २०८१, सोमबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यपूर्व मुलुकमा विनासकारी कोरोना संक्रमण फैलिने जोखिम धेरै : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने बताएको छ ।

कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने (डब्ल्यूएचओ)ले बताएको हो ।

निरन्तर आठ सातासम्म कोरोनाका नयाँ संक्रमित र मृत्यु हुनेको संख्या घटिरहेको अवस्थामा लिबिया, इरान, इराक र ट्युनिसियामा पुनः नयाँ संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ ।

आगामी दिनमा लेबनान र मोरक्कोमा पनि कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ ।आगामी साता यो क्षेत्रका मुलुकमा मुस्लिमहरुको चाड इद उल फित्र मनाइँदैछ ।

यो पर्वमा हुने धार्मिक तथा सामाजिक भेलाको कारण मध्यपूर्वमा कोरोना संक्रमण फैलिने जोखिम धेरै रहेको डब्ल्यूएचओले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्