Logo
६ जेष्ठ २०८१, आईतबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिडियाखानाबाट हराएको १२ फुटको अजिङ्गर दुई दिनपछि भेटियो सपिङ सेन्टरमा

अमेरिकाको चिडियाखानास्थित आफ्नो अक्वेरियमबाट हराएको दुई दिनपछि १२ फुटको अजिङ्गरलाई सपिङ सेन्टरमा भेटिएको छ ।

डेली स्टारका अनुसार कारा नामको १२ फुट लामो अजिङ्गर अमेरिकाको लुसियाना राज्यस्थित ब्लू जू अक्वेरियमबाट हराइरहेको थियो ।

अजिङ्गर चिडियाखानाबाट हराएपछि नजिकै रहेको सपिङ सेन्टर बाध्यात्मक रुपमा बन्द गरिएको थियो । दुई दिनसम्म खोजेपछि उक्त अजिङ्गरलाई गत बिहिबार बिहान सपिङ सेन्टरमा भेटिएको हो ।

चिडियाखानाले कारालाई उद्धार गरिरहेको भिडियो पोस्ट गर्दै यसबारे फेसबुकमार्फत् जानकारी दिएको हो । उक्त पोस्टमा अजिङ्गर सुरक्षित र स्वस्थ अवस्थामा भेटिएको बताइएको छ ।

‘यो बर्मिज पाइथन निकै सहज सर्प हो । यी सर्प ठूला प्रजातिका सर्पमा पर्छन् र उनीहरुको निकै कोमल मन हुन्छ,’ चिडियाखानाकी कर्मचारी भिक्टोरियाले भनिन् ।

 

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्