Logo
६ जेष्ठ २०८१, आईतबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटल भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक होटल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको मृत्यु भएको छ ।

सो भवन सोमबार अपराह्न भत्किएको थियो । त्यसमा परेर आठ जनाको मृत्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ ।

जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ ।सोमबार अपराह्न सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए ।

तीमध्ये ९ आठ जनाको निधन भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उद्धार गरी निकालिएको थियो ।

त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसै गरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्