Logo
६ जेष्ठ २०८१, आईतबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै दक्षिण अफ्रिकामा प्रदर्शन, ६० जना पक्राउ

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकव जुमाको रिहाइको माग गर्दै विभिन्न भागमा प्रदर्शन भएको छ ।

पूर्वराष्ट्रपतिजुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै समर्थकहरुले उनको रिहाइको माग गर्दै शहरका विभिन्न भागमा प्रदर्शन गरेका छन् ।
अहिले दक्षिण अफ्रिका अशान्त बनेको छ । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा अवरुद्ध पारेको मौका छोपी केही लुटेर समुहले शहरका पसलमा लुटपाट मच्चाएका छन् ।

प्रदर्शनका क्रममा ६० जनालाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएको छ ।

उनीहरुले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेपछि प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।यसैबीच दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले प्रदर्शकारीहरुलाई धैर्य रहन अपील गरेका छन् ।

गत बुधबार जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।आत्मसमर्पण नगरे ७९ वर्षका पूर्वराष्ट्रपतिलाई पक्राउ गर्ने चेतावनी दिएलगत्तै जुमाले आत्मसमर्पण गरेका हुन् ।

भ्रष्टाचारको आरोप लागेपछि जुमालाई अदालतमा उपस्थित हुन नसकेका कारण गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो ।

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्