Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिप्रेशनका कारण अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।  कुँवरले बिहीबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ।

उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरे प्रहरी वृत्त, बानेश्वरले जानकारी दिएको छ ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् ।

केहीअघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो । प्रहरी यतिबेला अपार्टमेन्ट पुगेर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ । जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

 

 

प्रकाशित मिति: Jul 9, 2021

प्रतिक्रिया दिनुहोस्