Logo
६ जेष्ठ २०८१, आईतबार
(July 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानी महिलाहरू तालिवानविरुद्ध उत्रिए हतियारसहित सडकमा

अफगानी महिलाहरू तालिवानविरुद्ध हतियार उठाएर सडकमा उत्रिएका छन् । अफगानिस्तानको उत्तरी तथा मध्य भागका महिलाहरू कट्टरपन्थी तालिवानविरुद्ध राइफल बोकेर सडकमा निस्किएका हुन् ।

अमेरिकी र नाटो सैनिकहरू फिर्ता भएपछि अफगानिस्तानका झन्डै एक तिहाइ जिल्लालाई तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । समाचार संस्था एसोसियटका अनुसार तालिवान लडाकुहरूले उत्तरी अफगानिस्तानका धेरै इलाकाहरू नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन् ।

तर अफगानिस्तानी महिलाहरू तालिवानविरुद्ध लड्न हतियारसहित सडक प्रदर्शनमा उत्रिएका छन् । केही सैनिकहरूले महिलाहरूलाई हौसला पनि दिइरहेका छन् ।

शनिवार साँझ ६ बजेसम्म अफगानिस्तानका झन्डै तीन सय सुरक्षाकर्मीले अफगानी सीमा पार गरी ताजिकिस्तान पुगेको ताजिकिस्तानले जनाएको छ ।

उनीहरुलाई ताजिकिस्तानले असल छिमेकीका नाताले शरण दिएको बताएको छ ।२० वर्षदेखि अफगानिस्तानमा सेना पठाएको अमेरिकाले आफ्ना सैनिकहरू फिर्ता लिइरहेको छ ।

अमेरिका र नाटो मुलुकका सेना फर्किएपछि तालिवानहरूले विभिन्न जिल्लामा धावा बोलेका हुन्।यही वर्ष सबै सैनिक फिर्ता लिने तयारी गरिरहेको अमेरिकाले गत शनिवार बागराम एयरबेस अफगानिस्तानलाई हस्तान्तरण गरेको थियो।

प्रकाशित मिति: Jul 8, 2021

प्रतिक्रिया दिनुहोस्