Logo
६ जेष्ठ २०८१, आईतबार
(July 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख पुग्यो

विश्वभरमा कोरोना भाइरस महामारीबाट मृत्यु हुनेको संख्या ४० लाख भन्दा धेरै पुगेको छ ।कोभिडका कारण सबैभन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाएका छन् ।

दोस्रो स्थानमा छिमेकी देश भारतका नागरिकले कोरोनाबाट ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म ६ लाख भन्दा बढीको कोभिडबाट मृत्यु हुँदा भारतमा ४ लाख भन्दा धेरै व्यक्तिको कोभिडबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस यो तथ्याङ्कले महामारी नियन्त्रण्मा अझै लामो बाटो हिड्नुपर्ने बताएका छन् । विश्वभर कोभिडविरुद्धको खोप लगाउने क्रम सुरु भएकाले आशाको किरण बाँकी नै रहेको पनि ट्वीटरमार्फत उल्लेख गरेका छन् ।

अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याङ्काका अनुसार विश्वभर अहिलेसम्म साढे १८ करोड भन्दा बढी मानिसमा कोभिड संक्रमण भइसकेको छ । भारतमा अहिलेसम्म ३ करोड भन्दा बढी संक्रमित भइसकेका छन् । अहिलेसम्म ३ अर्ब ३२ करोड मानिसलाई कोभिडविरुद्धको खोप दिइसकेको बीबीसीले जनाएको छ ।

नेपालमा हालसम्म ६ लाख ५० हजार १ सय ६२ जनामा कोभिड संक्रमण हुँदा ९ हजार २ सय ९१ जनाको ज्यान गइसकेको छ । ६ लाख १४ हजार ४ सय २७ जना कोरोनामुक्त हुँदा आइसोलेसनमा २६ हजार ५ सय ४४ जना सक्रिय कोरोना संक्रमित छन् ।

प्रकाशित मिति: Jul 8, 2021

प्रतिक्रिया दिनुहोस्