Logo
६ जेष्ठ २०८१, आईतबार
(July 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले गरे प्रहरी समक्ष आत्मसमर्पण

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।अदालतको मानहानी सम्बन्धी मुद्दामा जेल सजायँ भोग्न तयार रहेको भन्दै उनले आत्मसमर्पण गरेका हुन् ।

७९ वर्षीय जुमा बुधबार आफ्नो निवास नजिकै रहेको जेलमा पुगेर आत्मसर्पण गरेको बीबीसीले जनाएको छ ।जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालमा भ्रष्टार गरेको आरोप लागेको छ ।

भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइमा सबुत पेस गर्न उनलाई अदालतले भनेको थियो । तर सो आदेश नमानेको आरोपमा उनलाई गत हप्ता १५ महिना जेल सजायँ सुनाइएको थियो । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो पहिलो घटना हो ।

आइतवार आत्मसमर्पण गर्न उनले अस्वीकार गरेका थिए । त्यसपछि प्रहरीले बुधबारसम्मको समय दिंदै पक्राउ गर्न आफूहरु तयारी अवस्थामा रहेको चेतावनी जारी गरेको थियो । जुमाको फाउन्डेसनले विज्ञप्ति जारी गर्दै पक्राउ आदेशको पालना गरेको जानकारी दिएको छ ।

जुमाले आफ्नो कार्यकालमा निर्णय प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञ र व्यापारीहरुसँग साठगाँठ गरेको आरोप छ । यद्यपि उनले आफूमाथि राजनीतिक षडयन्त्र भएको बताउँदै आएका छन् । विवादमा मुछिएपछि उनलाई सन् २०१८ मा उनकै पार्टीले पद त्याग्न बाध्य पारेको थियो ।

 

प्रकाशित मिति: Jul 8, 2021

प्रतिक्रिया दिनुहोस्