Logo
६ जेष्ठ २०८१, आईतबार
(July 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्लुएचओद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

कोरोना भाइरसको उपचारका लागि डब्लुएचओले नयाँ औषधी सिफारिस गरेको छ ।

विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन(६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् ।

डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययनमध्येको एक भएको जानकारी दिइएको थियो ।

‘कोरोना भाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाई पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ,’ डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने ।

प्रकाशित मिति: Jul 7, 2021

प्रतिक्रिया दिनुहोस्