Logo
६ जेष्ठ २०८१, आईतबार
(July 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाइजेरियामा बन्दुकधारीद्वारा स्कूलका १४० विद्यार्थी अपहरण

नाइजेरियाको काडुना राज्यमा बन्दुकधारीले स्कूलका १४० विद्यार्थी अपहरण गरेका छन् ।

प्रहरीले यो घटनाको पुष्टि गर्दै देशको उत्तर-पश्चिम हिस्सामा काडुनामा कम्तीमा १४० विद्यार्थी अपहरण गरेको जानकारी दिएको छ ।

यसअघि आइतबार पनि आठजनाको अपहरण गरिएको खबर आएको थियो ।आइतबार जारियामा राष्ट्रिय क्षयरोग एवं कुष्ठ रोग केन्द्रबाट कम्तीमा आठजनालाई अपहरण गरिएको थियो ।

अस्पतालका एक कर्मचारीका अनुसार अपहरित व्यक्तिमध्ये दुई नर्स र एक १२ महिनाका बालक पनि समावेश छन् ।

नाइजेरियामा पछिल्ला केही समयदेखि स्कूल र विश्वविद्यालयमा फिरौतीका लागि अपहरणका थुप्रै घटना सार्वजनिक भएका छन् ।

सोमबार जारियाबाट लगभग ८० किलोमिटर दक्षिण–पश्चिममा काडुना शहर नजिकै एक विद्यालयबाट सामूहिक अपहरणको अबर आएको थियो ।

बेथेल ब्यापटिस्ट स्कूलबाट अपहरण गरिएकी एक १५ वर्षीया बालिकाकी आमाले बीबीसीलाई उनीहरु मोटरसाइकलमा सवार भएको र उनीहरुसँग हतियार भएको जानकारी दिइन् । उनीहरुले स्कूलको घेरालाई तोड्दै भित्र प्रवेश गरेको र १४० लाई आफ्नो कब्जा लिए ।

प्रहरीले आफ्नो बयानमा यी हतियारधारी अपहरणकारीले स्कूलको सुरक्षा गार्डलाई पनि बन्दी बनाएको जानकारी दिए र त्यसपछि उनीहरु बालबालिका भएका छात्रावासतर्फ अघि बढे ।

प्रहरीका अनुसार यी हमलाकर्ताले ठूलो संख्यामा बालबालिकालाई बन्दी बनाए र जंगलतर्फ अघि बढे ।बयानमा एक महिला शिक्षकसमेत कूल २६ जनालाई बचाइएको बताइएको छ ।

एक स्थानीय इसाई नेताका अनुसार स्कूलमा १८० विद्यार्थी थिए जसमा २० जनाबारे मात्रै पत्ता लाग्न सकेको छ । उनीहरुका अनुसार यीमध्ये केही भागेका पनि हुनसक्छन् ।

एक स्थानीय सरकारी अधिकारीले अपहृत व्यक्ति र बालबालिकाको खोजीका लागि सेनाले आफ्नो प्रयास तेज गरेको छ ।पछिल्लो डिसेम्बर महिनादेखि हालसम्म १ हजारको अपहरण भइसकेको छ र ९ जना मारिइसकेका छन् । २ सयभन्दा बढी विद्यार्थी अहिले पनि बेपत्ता छन् जसमध्ये केही तीन वर्षका मात्रै छन् ।

 

प्रकाशित मिति: Jul 6, 2021

प्रतिक्रिया दिनुहोस्