Logo
७ जेष्ठ २०८१, सोमबार
(July 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा ४५ जनाको मृत्यु, ४० को जिवितै उद्धार

दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् ।

दुर्घटनामा ४० जनाको जिवितै उद्धार गरिएको थियो भने पाँच जना अझै बेपत्ता रहेको बताइएको छ ।विमानमा ९० जना सवार रहेको बीबीसीले जनाएको छ ।

देशका दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । मृतकमध्ये अधिकांश सैनिक रहेका छन् ।

सो विमानमा सवार सैनिकलाई दक्षिणी फिलिपिन्समा रहेका विद्रोही समूह अबु सयाफ समूहविरुद्ध कारवाहीका लागि पठाइएको थियो ।

प्रकाशित मिति: Jul 5, 2021

प्रतिक्रिया दिनुहोस्