Logo
६ जेष्ठ २०८१, आईतबार
(July 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप २३२८ जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

नेपाल आज थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज थप कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् ।

तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति: Jul 3, 2021

प्रतिक्रिया दिनुहोस्