Logo
६ जेष्ठ २०८१, आईतबार
(July 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर २ हजार २९९ जनामा कोरोना पुष्टि, ३४ संक्रमितको मृत्यु

file photo

नेपालमा २४ घण्टामा २ हजार २९९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १० हजार ५९६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९९ जनामा कोराना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३९१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन् ।

२४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर ३ हजार ४५१ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ३ हजार ६०० जना संक्रमित निको भइसकेका छन्।

प्रकाशित मिति: Jul 2, 2021

प्रतिक्रिया दिनुहोस्