Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार २२ गतेदेखि काठमाडौंका यी ठाउँमा भेरोसेलको दोस्रो मात्रा लगाइने

काठमाडौंमा भेरोसेल पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्राको खोप असार २२ बाट लगाउने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत जेठ २५ गते पहिलो मात्राको खोप लगाएका काठमाडौंका सबै स्थानीय तहका बासिन्दालाई असार २२ देखि २४ सम्म दोस्रो डोजको खोप लगाउने भएको हो ।

स्वास्थ्य कार्यालय काठमाण्डौंले खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाइने जनाएको छ । पहिलो मात्रा खोप लगाएको कार्ड लिएर आफूलाई पायक पर्ने नजिकको खोप केन्द्रमा जान पनि कार्यालयले अनुरोध गरेको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत वीर अस्पताल, शिक्षण (टिचिङ) अस्पताल, सिभिल अस्पताल, टेकु अस्पताल, थापाथली अस्पताल, केएमसी अस्पतालन सिनामंगल, नेपाल प्रहरी अस्पताल लाजिम्पाट, विरेन्द्र सैनिक अस्पताल छाउनी, शंकरापुर अस्पताल जोरपाटी, हिमाल अस्पताल ज्ञानेश्वर, क्षेत्रपाटी निशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजुमा खोप लगाइनेछ ।

दक्षिणकाली नगरपालिकामा शेषनारायण स्वास्थ्य चौकीमा खोप लगाइनेछ । कीर्तिपुर नगरपालिकामा आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णु देवी अस्पतालमा लगाइनेछ ।

कागेश्वरी मनोहरा नगरपालिकामा मुलपानी नगर अस्पताल र आलपोट स्वास्थ्य चौकीमा खोप लगाइनेछ । त्यस्तै तारकेश्वर नगरपालिकामा धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीमा खोप लगाइनेछ ।

नागार्जुन नगरपालिकामा रामकोट पाथमिक स्वास्थ्य केन्द्र, रामकोट र इचंगुनारायण स्वास्थ्य चौकीमा लगाइनेछ । यस्तै चन्द्रागिरी नगरपालिकामा सतुंगल स्वास्थ्य चौकी र शसस्त्र प्रहरी अस्पतालमा लगाइनेछ ।

त्यस्तै बुढानीलकण्ड नगरपालिकामा बुढानीलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पताल चुनखेलमा लगाइनेछ । त्यस्तै गोकर्णेश्वर नगरपालिकामा ग्रान्डी अन्तराष्ट्रिय अस्पताल र अल नेपाल अस्पतालमा लगाइनेछ ।

यस्तै शंकरापुर नगरपालिकामा लप्सीफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकीमा लगाइनेछ ।

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्