Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन पाल्छन् युवतीहरुले गुप्तांगमा रौं ?

पछिल्लो समयमा आम युवतीहरुमा आफ्नो शरीरमा भएका अनावश्यक रौं फाल्ने एक फेसन नै भएको छ । अझ भन्ने गर्छन् की जसले रौं फालेको हुदैन त्यसलाई गाउँले अनि केही नजानेको परम्परावादी त्यसैले यो पछिल्लो समयमा युवती महिलाको लागि एक अत्यावश्यक जस्तै भएको छ ।

त्यसैले आम युवतीहरुमा काखी तथा गुप्तांगका रौं मात्र होइन, आँखीभौं तथा शरीरका अन्य भागमा पलाएका रौं समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा हुन्छ र यसका लागि जति पनि खर्च गर्न पछि पर्दैनन् ।

तर दक्षिण कोरियाली युवतीहरुमा भने गुप्तांगमा रौं पाल्ने या कलमी (प्रत्यारोपण) गर्ने प्रचलन संस्कृतिका रुपमा फस्टाएको छ ।अमेरिकी फेसन म्यागेजिन रिफाइनरी ट्वान्टी नाइन डटकमका अनुसार न्युयोर्कका ब्युटी सैलुनहरुमा महिलाहरुको गुप्तांगका रौं बढाउने ब्राजिलियन मैनविधिको आकर्षण बढिरहेको छ ।

यस विधिमा टाउकोबाट रौं उखेलेर गुप्तांगमा प्रत्यारोपण गरिन्छ । यो निकै महंगो पद्धति भए पनि युवतीहरुले आफूलाई युवकहरुको रोजाइमा पार्न तथा यौन र वैवाहिक जीवन सफल बनाउन गुप्तांगमा रौँ प्रत्यारोपण गरेका हुन् ।

कोरियामा गुप्तांगमा बाक्लो रौं हुनुलाई यौन तथा प्रजनन स्वास्थ्य सूचक मानिएको छ । कोरियन एसोसिएसन अफ मेडिकल एडिटर्सका अनुसार दक्षिण कोरियामा हरेक १ सय जनामा १० जना युवतीहरुमा गुप्तांगमा पर्याप्त रौं नहुने समस्या छ ।

यसलाई प्युबिक आट्रिकोसिस नाम दिइएको छ । यस्तो समस्या भएका युवती पति वा प्रेमीको दबाबका कारण पनि गुप्तांगमा रौं प्रत्यारोपण गराउन अग्रसर भएका हुन् । एजेन्सी

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्