Logo
१८ बैशाख २०८१, मंगलबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्‍याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार बैठक बसिरहेको हो ।

कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ । बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति स्रोतले जानकारी दिएको छ ।

बाढी पहिरो प्रभावितका लागि राहत, उद्धार र व्यवस्थापनको तयारी स्वरुप सरकराले पूर्वतयारी गरिरहेको हो ।सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट प्रभावित भएका छन् ।

बाढी पहिरो प्रभावितका लागि राहत, उद्धार र व्यवस्थापनको तयारी स्वरुप सरकराले पूर्वतयारी गरिरहेको हो ।

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्