Logo
६ जेष्ठ २०८१, आईतबार
(June 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलको नयाँ प्रधानमन्त्री बने बेनेट, १२ वर्षपछि सत्ताबाट बाहिरिए नेतान्याहु

यामिना पार्टीका नेता नेफ्टाली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन् । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु सत्ताबाट बाहिरिएसँगै विपक्षी गठबन्धनका नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बनेका छन्।

दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले -परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् ।नेतान्याहु १२ वषपछि सत्ताबाट बाहरिएका छन् ।

आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतन्याहू अल्पमतमा परेपछि उनी सत्ताबाट बाहिरिएका हुन्।

दुई वर्षमा चार पटक आमनिर्वाचन भएको इजरायलमा विपक्षी गठबन्धनका दलहरूले १२ वर्षदेखि प्रधानमन्त्री रहेका नेतन्याहूलाई सत्ताबाट हटाएका हुन् ।

अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन्। सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्। त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्।

नेतान्याहु इजरेलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिँदै आफ्नो सरकार इजरायलको नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताएका छन्। बीबीसी

प्रकाशित मिति: Jun 14, 2021

प्रतिक्रिया दिनुहोस्