Logo
६ जेष्ठ २०८१, आईतबार
(June 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले सेनासँग सम्बन्धित जानकारी गोपनीयताको सूचीबाट हटायो, अब सबै सूचना सार्वजनिक हुने

छिमेकी मुलुक भारतको रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको छ ।

भारतीय रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको हो।

रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएको भारतको रक्षा मन्त्रालयले शनिबार ट्वीटरमार्फत् जानकारी दिएको छ ।

यी जानकारीहरु प्रकाशनको मन्जुरी र जिम्मेवारी इतिहास विभागलाई दिइएको छ । युद्धसम्बन्धी इतिहास समय(समयमा प्रकाशित भएमा मानिसहरुले घटनाको सही जानकारी पाउने, शैक्षिक सोधका लागि प्रामाणिक सामग्री उपलब्ध हुने र गलत अफवाहबाट जोगिन मद्दत पुग्ने रक्षा मन्त्रालयको विश्वास छ ।

प्रकाशित मिति: Jun 13, 2021

प्रतिक्रिया दिनुहोस्