Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटोपनबाट छुट्करा पाउन OBESLIM प्रयोग गर्नुहोस्, यस्ता छन् विशेषता !

अहिले मानिसहरु धेरै सुविधा सम्पन्न हुदै गइरहेका छन् । जसको कारण उनीहरुले पसिना आउने गरी कुनै पनि शारीरिक श्रम गरेका हुदैनन् । अझ शहरी जिवनको त के कुरा गर्ने ! शहरी जिवनयापनमा कामको चाप र असन्तुलित भोजनले गर्दा प्राय व्यक्ति अनेकौ समस्याबाट ग्रसित बनिरहेका हुन्छन् ।

व्यस्तताको कारण उनीहरुले आफ्नो ख्याल गर्ने समय कम भएको कारण उनीले शारीरिक व्यामलाई त्यति ध्यानदिन सक्दैनन् जसको कारण शरीरमा अनावश्यक बोसोका कारण अत्यधिक मोटो देखिने गर्छ ।

मोटोपन अहिलेको आममानिको समस्या भइसकेको छ । डाक्टरहरुले मोटोपन बढी भएमा हाम्रो शरीरमा बढी रोग लाग्ने बताउने गर्छन् । जसमध्ये टाइप २ मधुमेहको जोखिम अत्यधिक हुने बताउछन् । त्यसकारण ओम फर्मास्युटिकल्सले मोटोपनलाई सन्तुलनमा राख्न OBESLIM क्याप्सुल १२० मिली ग्राममा उपल्वध गराएको छ ।

विश्व स्वास्थ्य संगठनको शरीरको तौल मापन सुचाङक (BMI)  अनुसार कुनै पनि व्यक्तिको शरीरमा बोसो २८ देखि ३० प्रतिशत भन्दा उच्च भए टाइप २ मधुमेहको जोखिम उच्च हुने गर्दछ । यो सहित उच्च कोलेस्ट्रोल र हाइपर टेन्सन भएका व्यक्तिहरूका लागि समेत OBESLIM लाभदायक भएको कम्पनीले दाबी गरेको छ ।

OBESLIM को दैनिक प्रयोगले ओरली स्टाट (Orlistat) लाई सक्रिय बनाई पेटमा पलाउने बोसोको मात्रालाई घटाइदिन्छ । दैनिक भोजनबाट पाइने ३० प्रतिशत बोसोका तत्त्वलाई पाचन प्रणाली प्रवेशमा रोकी दिन्छ । अर्कोतर्फ आन्द्रमा उपल्वध हुने लिप्सा

(lipases)  मार्फत शरीरलाई अनावश्यक भएको बोसोका तत्त्वलाई स–साना टुक्रामा बदल्ने प्रक्रिया पुरा हुन्छ । टाइप २ मधुमेह, उच्च रक्त चाप तथा हदयघात जस्ता रोगबाट बच्न मोटोपन समयमा नियन्त्रण हुन जरुरी हुन्छ ।

उच्च तौल भएका व्यक्तिहरूले प्रत्येक पटक खाना अघि वा खाना लिएको १ घण्टा पछि OBESLIM १२० मिली ग्राम पानीको साथमा लिन सकिने कम्पनीले सुझाएको छ ।

ओरली स्टाट  (Orlistat)  वा OBESLIM  प्रयोगमा ल्याउँदा कम क्यालोरी भएका सन्तुलित भोजन लिनुपर्दछ । दैनिक भोजनमा फलफूल तथा हरिया साग सब्जीलाई उच्च प्राथमिकतामा राखिनु पर्दछ ।

शरीरलाई आवश्यक कार्बोहाइड्रेट तथा प्रोटिनको मात्रालाई दैनिक तीन पटकको भोजनमा विभाजन गरिनु पर्दछ । OBESLIM बाट उच्च फाइदा लिन बोसो तथा क्यालोरी पाइने चकलेट मसालेदार खाना प्रयोग गर्न नहुने सुझाइएको छ । साथै डाक्टरी सल्लाह अनिवार्य लिनुपर्ने कम्पनीले बताएको छ ।

प्रकाशित मिति: Jun 12, 2021

प्रतिक्रिया दिनुहोस्