Logo
१७ बैशाख २०८१, सोमबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेडिकल काउन्सिलको सदस्यमा माधव नेपालकी छोरीसहित २ जनाको नाम सिफारिस

नेपाल मेडिकल काउन्सिलमा रिक्त सदस्य पदमा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय स्रोतका अनुसार सिफारिस पर्नेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी छोरी डा. सुमन नेपालसहित दुई जना रहेका छन् ।

त्यसैगरी डा. रिकेश जंग काकी र डा.मनोजमान श्रेष्ठको नाम मन्त्रालयले फाइनल गरी मन्त्रिपरिषद्मा पठाएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार काउन्सिलको सदस्य रिक्त पदमा ४ जना चाहिने भए पनि अहिले तीन जनाको नाम सिफारिस गरिएको हो ।

‘हामीले तीन जनाको नाम सिफारिस गरेका हौं । निर्णय भएर आएको छैन,’ ती उच्च अधिकारीले भने । नेपाल मेडिकल काउन्सिल ऐन २०२० दफा ४ मा काउन्सिलको समितिको गठन बारेमा उल्लेख छ । त्यसमा केही सरकारले मनोनित गर्ने, केही निर्वाचनबाटआउने र केही पदेन सदस्य बन्ने व्यवस्था छ ।

प्रकाशित मिति: Apr 5, 2024

प्रतिक्रिया दिनुहोस्