Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रान्सका राष्ट्रपति म्याँक्रोको गालामा हानियो थप्पड (हेर्नुस् भिडियो)

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले झापड हानेका छन् । बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ । सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो ।

फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको जनाउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ ।

प्रकाशित मिति: Jun 9, 2021

प्रतिक्रिया दिनुहोस्